Rule 52
वैकल्पिक शैक्षिक कार्यक्रम
(१) विद्यालयमा अध्ययन नगरेका वा अध्ययन गरी बीचैमा छोडेका बालबालिकाको लागि विद्यालयको पाठ्यक्रमको आधारमा तयार गरिएको पाठ्यसामग्री प्रयोग गरी वैकल्पिक शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिनेछ ।
(२) वैकल्पिक शैक्षिक कार्यक्रम पूरा गरेका बालबालिकालाई विद्यालयले स्तर हेरी उपयुक्त कक्षामा भर्ना लिन सक्नेछ ।
(३) वैकल्पिक शैक्षिक कार्यक्रम सञ्चालन गर्न चाहने विद्यालयले जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिनु पर्नेछ ।